पाल्पाको निषेधाज्ञा सातौं चरणमा असार २२ गतेसम्म थप

तानसेन पाल्पामा जारी निषेधाज्ञालाई १० दिनका लागि थप गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले असार २२ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको हो । सातौं चरणमा थप गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।

गत बैशाख १७ गतेदेखि जारी भएको निषेधाज्ञाको छैटौं चरणसम्म संक्रमणमा केही कमी आए पनि समुदायमा सक्रमित थपिने क्रम नरोकिएको हुँदा असार २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाे छ ।

हाल थपिएको समयावधिमा बैंक तथा वित्तिय संस्था संचालनको समय तालिका हेरफेर गरिएको छ। यसअघि बिहान ७ बजेदेखि ११ बजेसम्म संचालन हुँदा आएका वित्तिय संघ संस्थालाई बिहान १० बजेदेखि ४ बजेसम्म संचालन गर्न दिने तथा अन्य सबै खालका पसलहरु स्वास्थ्य मापदण्डकाे पालना गरेर बिहान ७ देखि १२ बजेसम्म संचालन गर्नका लागि स्थानीय प्रशासनले स्वीकृती दिएको छ ।

यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु बाहेक निजी तथा सार्वजनिक यातायातमा संचालनमा भने पूर्ण रुपमा रोक लगाईएको छ भने, औषधि तथा तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने स्थानीय प्रशासनले जनाएको छ ।

हेर्नुहाेस निर्णयहरूः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer