रिब्दीकोट गाउँपालिकाभित्रका महिला सहकारीहरुलाई अनुदानमा सामाग्री वितरण

पाल्पा ।   रिब्दिकोट गाउँपालिकाभित्रका महिला सहकारीलाई थप व्यबस्थित गर्न शत प्रतिशत अनुदानमा सामाग्री वितरण गरिएको हो ।

गाउँपालिका भित्रका महिला सहकारीलाई विद्य्तीय कित्ली र कर्ची वितरण गरिएको हो । प्रति सहकारी एउटा कित्ली र एक दर्जन कर्ची गाउँपालिकाले अनुदानमा वितरण गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख पबित्रा परियारले बताइन ।

गाउँपालिका भित्र रहेका लालुपाते सामाजिक उद्यमी महिला कृषि सहकरी संस्था लिमिटेड रिब्दिकोट फेक, जलेश्वर महिला बहुउद्देश्यीय सहकारी सस्था कुसुमखोला, भैरव महिला बहुउद्देश्यीय सहकारी भैरबस्थान र दिदि बहिनी कृषक महिला सहकारी खस्यौली विद्युतीय कित्लि एक ÷एक दर्जन प्लास्टिकका कुर्चि वितरण गरिएको परियारले बताइन ।

प्रमुख अतिथि अध्यक्ष नारायण बहादुर जिसीले महिला सहका्ी सस्थाले ग्रामीणका महिलाको आर्थिक तथा सामाजिक रुपान्तरणको अभियान सहयोगी बनेको बताए । गरीबी हटाउन सहकारीको उल्लेखिय भूमिका रहेकोले महिला सहकारीको महत्ब व्यापक रहेको अध्यक्ष जिसीले बताए ।

सहकारीले आयोजना गर्दा पालिकाको सबै क्षेत्रमा सहयोग रहने र कुनै पनि बेला सहकारीलाई समस्या भएमा पालिकाले जुन सुकै सहयोग उपलब्ध गराउने अध्यक्ष जिसीले बताए ।

महिला दिदि बैनिहरुलाइ सहकारी मात्र नभइ अन्य महिला सङग सम्बन्धि तालिम ,आयार्जन कार्यक्रम , क्षमता बिकास , महिला हिम्सा लाइ सहजका साथ सम्पदान गर्न नया नया प्रबिधिहरुको प्रयोग गरि कार्यक्रम समुदायमा सन्चालन गर्न आफुहरु निरन्तर लागि परेको बताउनुभयो।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी खनाल कार्यपालिका सदस्य लिला आचार्य , वडा न३ का वडा सदस्य सुक्र गैरे, कम्पुटर अप्रेटर शिव जिसीको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer