काेराेना!

कस्तो,,,,, कस्तो एका एक रोग आयो तिब्र गतिमा संसार भरी फैलियो।।

गाठो पारो सबैको मुटु अहो पिडा हजारौ दियो —-२

हट्टाकट्टा छोरा-छोरी पनि एका एक गल्न र मर्न थाले।।

धिमि धिमि बलिरहेको म सित कुरीरहीरहे आमा बाले २

सारा मार्गहरु खचाक खुचुकै भए लाग्यो चुलि लासको।।

यस्तो संकटमा रहेननि बाच्ने झिनु आसको —-२

प्राण प्यारा मान्छे,परीवार छोडी जानै चाहन्न मैले तर,।।

लासको घाटोमा चडाईसके आज कसरी फर्किम म घर–२

विज्ञानको बर्वादी देख्छु यहॅा सम्बन्ध सदाको लागी एक्लोभयो।।

बस्ति भित्र आई दुईमुटु छुट्याईदिने कस्तो महारोग यो –२

एक शरिर दुई आत्मा पनि भईदिए वरपर।।

मात्रै अस्तु लिएर आज कसरी फर्कु म घर –२

आज यी आखा अगाडी हेर विश्य विज्ञान हार्दैछ।।

यो कोरोनाले छाति फुलाई सारा संसार चाहार्दैछ –२

श्रष्टा दृष्टी जगत देख्छ जसले ,यो देवतामा गन हासि मर्दैछ।।

ज्ञान यो जगतमा बिज्ञान रोईकन —२

रचनाकारः गंगा बस्याल रेग्मी पाल्पा, हाल —केन्या

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer