प्रियंका बनिन् २०२२ को मिस नेपाल

काठमाडौं। सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल भएकी हुन्।

उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिइन् । विजेता जोशीले टाटा टियागो मिस डिलाइटु को उपाधि पनि जित्न सफल भएकी छन्।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

यस्तै द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल, डाबर अमला, मिस ब्युटिफुल हेयर, को उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामर को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन्।

ब्रिज सिमेन्ट मिस कन्फिडेन्टको उपाधि भने सरिशा श्रेष्ठले जित्न सफल भएकी छन्।

गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

 

नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक उपस्थितिमा सम्पन्न भएको हो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer