पाल्पाका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पाल्पा तानसेन नगरपालिका-१४ ठेगाना भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ५६ वर्षीय बिष्णु प्रसाद गैरेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विगो रकम ७ लाख ४० हजार रूपैयाँ भएको बैंकिङ कसूर मुद्दामा गैरेको नाममा उच्च अदालत पाटन ललितपुरबाट २०७९ जेठ २७ गते पक्राउ अनुमती समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

-रासस

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer