आज पनि देशैभर मौसम सक्रिय रहने

पाल्पा। आज पनि देशैभर मौसम सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नियमित भन्दा  केही दक्षिण तिर अवस्थित रहेकोले मनसुनी प्रणाली झन् थप सक्रिय बन्ने महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल लुम्बिनी प्रदेशसंगै, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ। देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  देशको केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer