पाल्पामा थप २३ जनामा कोरोना पुष्टि

पाल्पा। पाल्पामा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १० पुरुष तथा १३ जना पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट ६८ जनाको कोरोना परीक्षण गर्दा २२ तथा पीसीआर विधिबाट एक जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितसंगै हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ११५ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरु मध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमित घरमै बस्दै आएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जना महिला तथा ५ जना पुरुष भने संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

हेर्नुहोस् स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer