हो तिमी त्यही बेला आउनु!

हो तिमी त्यही बेला आउनु, मलाई साथको खाचो भएको बेला,
एक्लो भएर मेरा हात थरथराएको बेला,
सपनाहरु टुटेको बेला,
आशुका ती बाधहरु फुटेको बेला,
तिमी त्यही बेला आउनु प्रेम शब्द तिर्मिराएको बेला।
भयको उपहास मिर्मिराएको बेला,
घाँटी धक्क फुलेको बेला,
पर त्यो घाम झुलेको बेला,
हो तिमी त्यही बेला आउनु !!
मेरी बनेर आउनु,
मात्र मेरी बनेर आउनु,
मुस्काएर आउनु,
म पनि तिमिलाई हेरी मुस्काउने छु तिमिलाई उस्तै गरी सताउने छु,
कानमा फुस्फुसाउदै केही कुरा बताउने छु,
तिमीसंग एउटा नलेखिएको ईतिहास कोर्न मन छ,
मन भित्र गुम्सिएका कति तिता मिठा पल त्यही किताबमा भर्न मन छ,
हो तिमी आउनु खाली पाना बोकेर, उमङको आभास बोकेर,
संगै मिली प्रेमको कहानी बनाउला,
हो तिमी त्यही बेला आउनु, मैले तिमिलाई सम्झेको बेला,
प्रेम शब्दमा अल्झेको बेला,
लेखौला शब्दलाई माया गरेर अनि कतै कतै फुलबुट्टा भरेर,
तिम्रो र मेरो मनका भावहरुलाई लेखौला ती दबाबहरुलाई,
मैले पाएको स्पर्षहरुलाई र ती हर्षहरुलाई, मुस्काएको मुस्कानलाई,
त्यही मुस्कानमा युगौ बिताउन मन लाग्ने यो मनलाई,
लेखौला तिमी “शब्दलाई बिस्तार्न सब्दै नभेटुन्जेल लेखौला”
लेखौला हाम्रो धित मरुन्जेल,
लेखौला आँखा रुझुन्जेल,
लेखौला अनि त्यही आखा ओभाउन्जेल,
म तिमी लेख्छु तिमी मलाई सम्झनु, अनि जुनी भरिलाई पुग्ने प्रेम लेखौला!!!

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer