अरिङ्गालले टोकेर पाल्पामा एक जनाको मृत्यु

तानसेन। पाल्पामा अरिन्ङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं.३ , झिरुबास झिरुदीको ३७ वर्षीय दानबहादुर राई रहेको स्थानीयले बताएका छन् ।

बिहीबार राति साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा अरिङ्गालको टोकाइबाट राईको मृत्यु भएको स्थानीय चित्र बहादुर रानाले बताए।

अरिङ्गालले टोकेपछि राईलाई उपचारको लागि झिरुबास स्वाथ्य चौकी पुर्याएकोमा शनिबार बिहान मृत्यु भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer