राम्दी पुलबाट हाम फालेका युवकको सकुशल उद्वार

पाल्पा। स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका वडा नं.१ स्थित राम्दी पुलबाट कालीगण्डकी नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

हरीबोधनी एकादशी स्नान गर्न गएका सोही जिल्लाको भिरकोट नगरपालिका १ बयरघारीका ३७ वर्षीय ईश्वर दर्जीनदीमा हाम फालेकोमा सशस्त्र प्रहरीले उद्दार गरेको हो ।

दर्जीले कालीगण्डकीमा हाम फालेको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्वार गरेको हो ।

उद्वार पश्चात उनलाई प्रहरी चौकी राम्दीमा बुझाइएको गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer