आर्थिक समाजिक विकासको एजेण्डा एमालेसंग मात्र छः सारु

पाल्पा।नेकपा एमाले पाल्पा क्षेत्र नं. १ (२) का प्रदेश सभा उम्मेदवार खेमबहादुर सारुले आर्थिक सामाजिक विकासको ऐजेण्डा नेकपा एमालेसंग मात्र भएको बताएका छन् ।

शनिबार रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाँडा क्षेत्रको घरदैलो कार्यक्रमा सहभागि हुदै एमाले प्रदेशसभा सदस्य उम्मेदवार सारुले केपी ओली सरकारले ल्याएको आर्थिक सामाजिक विकासका योजनाबाट देशी विदेशी शक्ति अतालिएर एमाले सरकार विघटनमा लागेको बताए।

नेता सारुले नेपालमै रहेको जनशक्तिको जोश र जाँगरलाई राष्ट्र निमार्णको महत्तवपूर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हासिल गर्ने योजना एमालेले अघि सारेको बताए।

रम्भाको पिपलडाडा क्षेत्रको विकास, सडक स्तरउन्नति, अधुरा खानेपानी योजना, पर्यटकीय पूर्वाधार निर्माणमा आफुले पहल गर्ने एमाले उम्मेदवार सारुले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer