पाल्पा क्षेत्र नं.२(१) मा बीरबहादुरको अग्रता

तानसेन। पाल्पा क्षेत्र नं. २ को प्रदेशसभातर्फको पहिलो नतिजा सार्वजनिक भएको छ । बगनासकाली गाउँपालिका वडा नं. १ को गणना सम्पन्न गरी नतिजा सार्वजनिक भएको हो । जस अनुसार गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बीरबहादुर रानाले अग्रता कायम गरेका छन् ।

उनले नेकपा एमालेका परशुराम भट्टराईलाई ४२८ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

यस्तो छ मतरिणामः
रुख एक हजार ९३
सूर्य ६६५
कुखुराको भाले ४३९
मादल २
छाता ८
हलो ४०
घर ४२
बदर ८३
जम्मा खसेको मत दुई हजार ३८३

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer