पाल्पा क्षेत्र नं.२ मा एमालेका गैरे निर्वाचित

तानसेन। पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएक छन् । गैरेले २७ हजार ८१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले २३ हजार ८५१ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले पाचँ हजार१८०, भाले १,५७०, क्रस खुकुरी ५०१, घर ५१६, छाता १०९, चेसबोर्ड ७, तिर २०४, तारा ११६, मादल ३५, कैँची ८८, आमा चिह्नले ९९ मत प्राप्त गरे।

गैरेले विद्यार्थी राजनीतिबाट मूलधारमा लागेको लामो समय भएपनि संसदीय प्रक्रियामार्फत पहिलो पटक निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer