
काठमाडौं, जेठ १२ । अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायाँकन शुरु भएको छ ।
हालै चलचित्रको शिर्ष गीतको छायाँकन पूर्वी नेपालमा भईरहेको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक अशोककै छोरा अंकित शर्माको मुख्य भूमिका रहनेछ । छायाँकनस्थलमा चलचित्रका मुख्य कलाकारहरु निधारमा रातो टिका र जमरामा देखिएका छन् ।
बुझिएअनुसार अहिले ‘अल्लारे’ चलचित्रको हिट गीत ‘रातो टिका निधारमा टलक्क टल्कियो’को रिमेक गीतको छायाँकन हुँदैछ ।
चलचित्रको शिर्ष गीतमा साम्राज्ञी नव–नायक अंकितका साथमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बसुन्धरा भुषाल, लक्ष्मी गिरी, वुद्दि तामाङ, शिवहरी पौडेल, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ ।
चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको छ ।