पाल्पा, १४ जेठ । गायक शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा समय सान्दर्भिक, यथार्थपरक र मार्मिक गीत सार्वजनिक गरिएको छ ।

शिरीष र सम्झनाको ‘छोरो अमेरिका छ’ बोलको लोकगीत पृथ्वी ईन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतको शब्द रमेश बि.जी.ले लेखेका हुन् भने गीतमा शिरीषकै लय तथा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ्ग लगायतको जिवन्त अभिनय हेर्न सकिन्छ । राजेश घिमिरेको छायाँकन रहेको गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया