रानीमहल र राम्दी क्षेत्रमा पूर्व सूचना प्रणाली जडान हुने

पाल्पा । बाढी पहिरोको उच्च जोखिममा रहेको कालीगण्डकी नदीमा पूर्व सूचना प्रणाली हुने भएको छ ।

पूर्व सूचना प्रणाली जडानपछि बाढी पहिरोको पूर्व जानकारी लिने उद्देश्यले पाल्पाका दुई स्थानमा पूर्व सूचना प्रणाली जडान हुनेछ ।

कालीगण्डकी नदीस्थित तानसेन नगरपालिका–१३, रानीमहल र बगनासकाली गाउपालिका–६, राम्दी क्षेत्रमा पूर्व सूचना प्रणाली जडान हुने भएको पाल्पा सहायक प्रजिअ कृष्ण प्रसाद पन्थले बताए ।

जोखिमयुक्त स्थानहरुको पहिचान गरी त्यहाँ खतराको सूचना दिने प्रविधि राखिएपछि क्षति कम हुने छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रजिअ पन्थका अनुसार असार महीना भित्र पाल्पाका दुवै स्थानमा जडान गर्ने सम्पन्न गर्ने छ ।

पाल्पा, गुल्मी, स्याङ्जाको संगमस्थन रिडीमा पनि गुल्मीले पूर्व सूचना प्रणाली जडान गर्ने तयारीमा रहेको छ । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गरी तिनाउ गाउँपालिकाका प्रमुख ओम बहादुर घर्ती मगरले बताए ।

तिनाउ खोलामा बाढी आउँदा रुपन्देही क्षेत्र प्रभावित हुने भएपछि बाढीको जानकारीका लागि दोभान क्षेत्रमा सूचना प्रणाली जडान गरिएको हो । कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा पाल्पा समेत प्रभावित हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया