कृषिलाई प्राथमिकतामा राखेर रिब्दीकोटले ल्यायो ५३ करोड ८३ लाखको बजेट

के के छन प्राथमिकतामा

तानसेन। रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ८३ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको गाउँसभाको १८ औं अधिवेशनको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले कृषिलाई प्राथमिकतामा राखेर सो रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा कृषि तथा पशुपालन, पर्यटन विकास जस्ता विषय समावेश गरिएको उपाध्यक्ष अधिकारीले बताइन् । गाउँपालिकाले भौतिक पूर्वाधारमा कम कृषि, पशुपालन, पर्यटन पूर्वाधार निर्माण, नागरिकको स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षको तुलनामा दुई करोड ७० लाख ९७ हजार कम बजेट सार्वजनिक भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । उनले आफूहरु निर्वाचित भएदेखिकै सबैभन्दा सानो बजेट ल्याएको बताए ।

सानो बजेटमार्फत पनि नागरिकको आवश्यकता समेट्ने पहल गरिएको बताउँदै अध्यक्ष कार्कीले भने, “एक टोल एक बगैचा निर्माणका लागि एक बोट सयको नोट कार्यक्रम, पालिकाभित्रका अति विपन्न, दलित र ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, कृषि र पशुपालक किसानका लागि दुधमा प्रोत्सहान रकम तथा उत्पादनका आधारमा अनुदान, दैनिक ज्यालादारी तथा श्रेणीबिहीन कर्मचारीलाई नियमति पूरा तलबको व्यवस्था, अकबरे खुर्सानी, टनेल खेती, एक टोल एक उत्पादन कार्यक्रम, खनौ आफ्नो माटो छोडौं विदेशको बाटो, बाझो जग्गालाई प्रयोग गरी कृषि गर्नेलाई विशेष अनुदानको व्यवस्था गरिएकाे छ। ”

भौतिक पूर्वाधारतर्फ पालिका गौरवको आयोजनका रुपमा राखेर वडा नं. १ को सान्तीचौरसम्म पुग्ने सडक कालोपत्रे, तथा वडा नं. ८ को चण्डीथानसम्म पुग्ने बाटो कालोपत्रे अन्तिम अवस्थामा पुगेको र वडा नं.६ सम्म पुग्ने सडकका लागि यो वर्ष बहुवर्षीय योजनाका रुपमा काम गर्न बजेट निवियोजन गरेको बताए । अन्य नागरिकको स्वास्थ्य शिक्षा, विपद् व्यवस्थापन जस्ता विषयमा पनि नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरिएका अध्यक्ष कार्कीले बताए ।

के के छन प्राथमिकतामा  हेराै  भिडियाे 

 

तपाईको प्रतिक्रिया