पाल्पा । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को बजेट १ अर्व ४६ करोड सार्वजनिक गरेको छ ।
नगरसभामा उपप्रमुख प्रतिक्षा सिंजालीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८ सय ७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिन् ।
कृषि, पर्यटन, रोजगार र पूर्वधारलाई प्रथामिकतामा राखेर उनले बजेट सार्वजनिक गरेकी हुन् ।वित्तिय व्यवस्थातर्फ ८५ लाख समेत गरी चालुखर्चतर्फ ६२ करोड ७ लाख ३५ हजार अर्थात् ४२ दशमलव ३७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८४ करोड ४३ लाख ६१ हजार अर्थात् ५७ दशमलव ६३ प्रतिशत रहेको छ ।
बजेटको स्रोतमा संघीय सरकारबाट समानीकरण अनुदानतर्फ १५ करोड ३८ लाख, समपुरक अनुदानतर्फ १ करोड ८५ लाख, सशर्त अनुदान चालुतर्फ ३९ करोड ९१ लाख, पुँजीगततर्फ ३४ करोड ९५ लाख, विशेष अनुदान २ करोड ०२ लाख र राजश्व बाँडफाँडतर्फ १० करोड ८८ लाख ८१ हजार , प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ०८ ५५ लाख ०८ हजार, समपुरक अनुदान १ करोड २० लाख, राजस्व बाँडफाडबाट १ करोड ३० लाख ३८ हजार प्राप्त गर्ने अनुमान छ ।
यसैगरी आन्तरिक आयतर्फ आन्तरिक राजश्व १७ करोड १४ लाख ८५ हजार अनुमान गरिएको छ । भारतीय दूतावासबाट २ करोड ४९ लाख, युनोप्स १ करोड ४८ लाख ५० हजार, नगर विकास कोष ८ करोड १२ लाख ८१ हजार, प्रदेश स्थानीय सहयोग कार्यक्रम ४ लाख ३६ हजार, जनसहभागिता तर्फ १ करोड, नवप्रवद्र्धन साझेदारी कार्यक्रमतर्फ १ करोड ०८ लाख आगामी आर्थिक वर्षको लागि सरिजाने मौज्दात ५ करोड अनुमान गरि उपप्रमुख गाहाले बजेट पेश गरेकी हुन् ।
आर्थिक विकास क्षेत्रतर्फ ८ करोड ८४ लाख ४६ हजार ३ सय, सामाजिक विकासतर्फ ४९ करोड १५ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधारतर्फ ६९ करोड ७१ लाख ५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ४६ लाख ७५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १५ करोड ३३ लाख २१ हजार बजेट विनियोजन भएको छ ।
आर्थिक विकास क्षेत्रतर्फ विनियोजित बजेट मध्ये कृषिमा ५ करोड ७९ लाख ४८ हजार, सिचाँईतर्फ ३५ लाख ५० हजार, पशुपंक्षीतर्फ ५० लाख ५० हजार, पर्यटन तथा संस्कृतितर्फ एक करोड १२ लाख ३८ हजार ३ सय, उद्योग व्यापार, व्यवसायीतर्फ २९ लाख ५० हजार, भूमि व्यवस्था, सहकारी र वित्तिय सेवातर्फ ११ लाख, श्रम, रोजगारी तथा गरिबी निवारणमा ६६ लाख १० हजार बजेट छुट्याइएको छ । नगर सभाको दोस्रो बैंठक असार २६ गते बस्नेछ ।





















