रिब्दीकाेटमा दश हजार तेजपात रोपण हुँदै

तानसेन। रिब्दीकोट गाउँपालिका भित्र रोपण गर्नका लागि दश हजार तेजपातका बिरुवा उपलब्ध भएको छ । डिभिजन वन कार्यालय तानसेन, पाल्पाले घुम्ती बिरुवा वितरण एवं रोपण सहजीकरण कार्यक्रम अन्तर्गत गाउँपालिकालाई बिरुवा हस्तान्तरण गरेको हो।

तेजपातका बिरुवा ग्रहण गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीले पालिकाले फलफूल र जडिबुटी लगाउने अभियान सुरु गर्न लागेका बेला तेजपातको बिरुवा प्राप्त हुनु राम्रो रहेको बताए । अध्यक्ष कार्कीले प्राप्त बिरुवाहरु वडागत रुपमा वितरण गरी सबै बिरूवा हुर्काउनका लागि प्राविधिकमार्फत सहजीकरण गर्न समेत निर्देशन दिए ।

बिरुवा ग्रहण गर्दै उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेलगायतले माग भएका बिरुवाहरु वडाहरुमा वितरण गरी सोको उचित हेरचाह र हुर्काएर आयआर्जन गर्नका लागि पालिकाको तर्फबाट पहल गरिने बताएका थिए ।

रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि फलफूल तथा जडिबुटी रोपणमा प्रोत्सहान गर्न एक बोट सयको नोट कार्यक्रम समेत नीति तथा कार्यक्रममा राखेर बजेट सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया