
काठमाडौं । नेपाली चलचित्रमा छोटो समयमा चर्चा पाएकी अभिनेत्री निता ढुंगानाले आफै चलचित्र निर्माण गर्ने भएकी छन् । उनले चलचित्र निर्माण गर्ने घोषणा गरे पनि त्यो काम भएको थिएन ।
उनले निर्माण गर्ने चलचित्रको नाम ‘मम हन्टिङ’ रहेको छ । करिब ३ वर्ष पहिले आफ्नो जन्मदिनको अवसर पारेर उनले चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् । चलचित्र निता ढुंगानाको आफ्नै ब्यानरबाट निर्माण हुने छ ।
चलचित्रको कथाको काम भइसकेको र कोसिस क्षेत्रीले चलचित्रको स्क्रिप्ट लेखक र निर्देशन समुन्द्र भट्टले गर्ने उनले जानकारी दिइन् ।