किन दिइन शिल्पाले छवी विरुद्ध हिंसाको उजुरी ?

काठमान्डौं । अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझा विरूद्ध घरेलु हिंसा गरेको भनी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी छन् । अभिनेत्री पोखरेलले छवी ओझाले आफ्नो कानको जाली समेत फुट्ने गरी हिंसा गरिएको भनेर उनले आइतबार काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन् ।

उजुरी दिए पनि ओझाले भने यस्तो किसिमको कुनै पनि हिंसा नगरेको बताएका छन् । छलफलका लागि उनीहरूलाई बुधबार प्रहरी परिसर बोलाएको महानगरीय प्रहरी परिषर प्रमुख होवेन्द्र बोगटीले जानकारी दिएका छन् ।

छवी ओझाको शिल्पासंगको यो चौथो बिहे हो । उनीहरुले वि. स.२०७३ सालमा बिवाह गरेका थिए । तर मिडियामा भने बिवाहका बारेमा दुबै जना खुलेका थिएनन् ।

शिल्पालाई फिल्म लज्जा मार्फत छवीले फिल्म नगरीमा डेब्यु गराएका थिए ।

तपाईको प्रतिक्रिया