
काठमान्डौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सरकारले देशका सबै फिल्म हल बन्द गर्ने तथा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर– ४’ को सुटिङ पनि रोकिएको छ ।
फिल्मी निर्माण पक्षको तर्फबाट झर्ना थापाले एक सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म सुटिङ्ग केही समयका लागि स्थागित भएको जानकारी दिएकी हुन ।
उनले भनेकी छन-‘ मानव जातिलाइ नै चुनौती बनि आएको काभिड १९ कोरोना संक्रमणबाट बच्न, सर्तकता अपनाउन हामी सबै एकजुट हुनैपर्छ ।
यसबाट कलाकार प्राविधिकहरुमा पर्न गएको असुविधाप्रति सजग छौ । आफ्नो स्वास्थ्य भन्दा ठूलो केही हुन सक्दैन । हामी छिट्टै फेरी पहिलेको जिवनशैलीमा हुनेछौ ।’
सुहाना इन्टरटेन्टमेन्ट प्रा लि को प्रस्तुति चलचित्र ए मेरो हजुरका श्रृखलाहरु दर्शकले धेरै मन पराएको हुदाँ यो फिल्म पनि कलाकारका लागि चर्चा र दर्शकका लागि पर्खाइको चलचित्र रहेको छ ।