
नारायण न्यौपाने
पाल्पा । कोरोना भाईरसका कारण अहिले मानिसहरु घर बाहिर निस्किन सकिरहेका छैनन् । यो समयमा अन्य कामसंगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ ।
अभिनयमा रुची राख्नेहरुले टिकटक बनाइरहेका छन । यो समय टिकटक टाइम पास गर्ने गतिलो माध्यम बनेको छ । टिकटकमा समय मात्रै बिताइरहेकाले मनोरञ्जन आदान प्रदानसंगै नगद पनि पाउने भएका छन ।
यसका लागि सर्जक माधव न्यौपानेले लकडाउनको डोरी बोलको गीत रिलिज गरेसंगै टिकटक प्रतिस्पर्धा सुरु गरेका छन ।यो गीतमा टिकटक बनाउने र सबैभन्दा बढी भ्यूज ज ज पाउने १ जनालाई नगद रु २० हजार दिने सर्जक न्यौपानेले बताए ।
उनि भन्छन,‘ यो गीतमा कोरोनाबाट जोगिनका लागि सन्देश दिइएको छ, यो गीत हेर्दा मानिसहरुमा चेतना जाग्छ अनि टिकटक बनाउनेलाई एउटा उत्साह पनि हुन्छ, जसले यो गीतको कुनै पनि अंशमा टिकटक बनाउनुहुन्छ त्यसमध्ये १ जनालाई २० हजार रुपैँया पुरस्कार दिइनेछ, मुल्याङकनको आधार टिकटकले पाउने भ्यूज हुनेछ ।’
टिकटक भिडियो निर्माण गरि आगामी जेठ १५ गतेसम्म गीतमा दिइएको ठेगानामा पठाउन न्यौपानेले आग्रह गरेका छन ।
लकडाउनको डोरी यही साता रिलिज भएको गीत हो ।
माधव न्यौपानेको शब्दमा रहेको गीतमा खुमन अधिकारीकाे संगित छ, भने खुमन र प्रिती आलेको आवाज सुन्न सकिन्छ ।
देशमा ख्याती कमाएका १ दर्जन बढि कलाकारले गीतकाे म्यूजिक भिडियोमा अभिनय गरेका छन । गीतको भिडियो एम एम इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेको हो ।