पाल्पा। भारतले गरेको नेपाली भूमि अतिक्रमणको चौतर्फी विरोध भईरहँदा वरिष्ठ गायक नारायण रायमाझीको राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरिएको छ।

सधै मौलिक र मार्मिक गीत गाउँदै आएका पाल्पाली गायक रायमाझीले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत सीमासम्बन्धी गीत सार्वजनिक गरेका हुन्।

‘छिमेकीले बनायो मूलबाटो’बोलको उक्त गीतमा नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ। रमेश बि.जीको रचनामा तयार गीतमा गायक रायमाझी स्वयंमको संगीत छ। गीतमा बि.बि अनुरागीको संगीत संयोजन, श्याम स्वेत रसाईलीको मिक्सिङ, तेजेन्द्र गुरुङको रेकर्डिङ, हेमन्त कान्छाको सारंगी, रत्न बि.कको बासुरी तथा मिराज अर्यालको छायांकन, सम्पादन र कलर छ।

हेर्नुहोस् भिडियो :

भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको हो। त्यससंगै नेपालमा चौतर्फी आलोचना तथा विरोधका कार्यक्रमहरु भएका छन्।

तपाईको प्रतिक्रिया