
काठमाडौं। वरिष्ठ लोकगायक नारायण रायमाझी र गायिका शान्ति श्री परियारको स्वरमा ‘बाँचे तिम्रो मरे देउताको’बोलको गीत सार्वजनिक गरिएको छ।
आईतबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो। गीतको रचना नारायण रायमाझी, ईन्द्र जिसी र सञ्जिवनीले गरेका हुन्। नारायण रायमाझी र शान्ति श्री परियार स्वयंमलाई देखाईएको गीतको भिडियोलाई मिराज अर्यालले छायांकन तथा सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियो :
नारायण र शान्ति श्रीको आवाजमा केही दिनअघि ‘छिमेकीले बनायो मुलबाटो’बोलको गीत सार्वजनिक भएको थियो। जुन गीतलाई स्रोता दर्शकले अत्याधिक रुचाएका छन्। यस गीतलाई पनि स्रोता/दर्शकले रुचाउने अपेक्षा गरिएको छ।