नारायण रायमाझी र कमला पोखरेलको अर्को सहकार्य, ‘के लेखौं र खबर आमा…’ सार्वजनिक [भिडियो]

काठमाडौं। वरिष्ठ लोकगायक नारायण रायमाझी र कमला पोखरेलको आवाजमा नयाँ मर्मस्पर्शी गीत सार्वजनिक गरिएको छ।

सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत ‘के लेखौं र खबर आमा’बोलको गीत सार्वजनिक गरिएको हो।

नारायण र कमलाको आवाजमा यसअघि ‘राम्दि पुल…’, ‘निरिमाया ठुली’, ‘पसिनाले पैसा साटेर’, ‘छम र छम’सार्वजनिक भएका थिए। जुन गीतलाई स्रोता दर्शकले रुचाएका थिए। यस गीतलाई पनि स्रोता दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

हेर्नुहोस् भिडियो :

‘के लेखौं र खबर आमा’ गीतको रचना नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले गरेका हुन्। गीत गोर्खालीको कथा व्यथामा आधारित छ।

नारायण रायमाझीकै संगीत रहेको गीतको भिडियोमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की तथा बाल कलाकार प्रिन्शा खड्काको अभिनय छ। मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो नारायण रायमाझी स्वयंमले निर्देशन गरेका हुन्।

गीतमा एरेन्ज/मिक्सिङ्ग श्याम श्वेत रसाईली, रेकर्डिङ्ग तेजेन्द्र गुरुङ, सारंगी धर्म गन्धर्व र हेमन्त कान्छा रसाईली, गितार संजिव बराईली, मेकअप विर्मा खड्काको रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer