आमिर खानको मोबाइल फोन नचलाउने निर्णय

काठमान्डौं । बलिउड अभिनेता आमिर खानले अब केही समय सामाजिक सञ्जाल तथा मोबाइल फोन नचलाउने निर्णय गरेका छन् ।

खान अहिले राजस्थानमा आफ्नो साथी अमिन हाजीको फिल्म ‘कोई जाने न’ को सुटिङमा व्यस्त छन् ।

हामीले अहिले सरदर हरेक १५ मिनेटमा मोबाइल खोलेर सामाजिक सञ्जालमा व्यस्त रहने गरेका छौँ तर आमिर खानले भने मोबाइल नै नचाउने निर्णय गरेका छन् ।

उनले फोन चलाउँदा आफ्नो धेरै महत्वपूर्ण समय त्यतिकै खेर गएको महसुस गर्दै यो निर्णय लिएको बताएका छन् । सामाजिक सञ्जाल पनि टिमलाई आमिरले सोमबार देखि नै मोबाइल फोन चलाउँन बन्द गरेका छन् ।

उनले केही महत्वपूर्ण काम परेर सम्पर्क गर्न चाहेका व्यक्तिहरुको लागि म्यासेन्जर प्रयोग गर्न बताएका छन् ।

उनले उक्त म्यासेन्जर प्रयोगगको लागि पनि फिल्म ‘लाल सिंह चड्ढा’ को एक टिमलाई जिम्मा दिएका छन् ।

तपाईको प्रतिक्रिया