पाल्पा । दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड २०७७ को शीर्षक प्रायोजन एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गर्ने भएको छ ।
फागुन अन्तिम साता सम्पन्न हुने नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजना हुने नेफ्टा फिल्म अवार्डमा शिर्षक प्रायोजनका लागि सम्झौता भएको छ ।
शिर्षक प्रायोजनका लागि एलआइसीका तर्फबाट सिइओ लक्ष्मी प्रसाद दास तथा ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब एलआइसी नेपाल १० औं नेफ्टा अवार्ड २०७७ भएको ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले जानकारी दिए ।
शीर्षक प्रयोजनमा एलआइसी जोडिएसँगै नेफ्टा अवार्डको ब्यूटी स्पोन्सरमा जोय पपैया तथा अर्को सहकार्य पार्टनर काठमाडौं वर्ल्ड स्कुल पनि जोडिएको छ । अवार्डलाई पर्यटन बोर्डले प्रवर्धन गर्नेछ ।
कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको यो अवार्डमा २०७५ सालमा बर्षभरी प्रदर्शनमा आएका नेपाली फिल्मले प्रतिस्पर्धा गर्दैछन् ।
जुरीले फिल्मको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक समारोह यहि माघ २४ गते काठमाडौंमा आयोजना गरिने छ भने फागुन २९ गते अवार्ड समारोह हुने आयोजक सस्था ड्रिम हाइ नेपालले जनाएको छ ।