पाल्पा। पूर्वखोला गाउँपालिका भित्रका ७ सय ७० बढी जेष्ठ नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

कोरोनाबिरुद्धको खोप अभियानको दोस्रो चरण अन्तरगर्त पहिलो प्राथमिकतामा परेका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई गत २४ फागुन देखि शुरु खोप लगाउन सुरु गरिएको थियो ।

जस अन्तरगत गाउापालिका भित्रका ६ वटा खोप केन्द्रबाट ७ सय ७० जना जेष्ठ नागरिकले खोप लगाएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालल जानकारी दिए ।


पालिकाभित्र ६५ बर्ष माथिको लक्षित जनसंख्या १ हजार ११९ जना रहेकोमा ६८.८१ प्रतिशतलाई खोप लगाउन सफल भएको ढकालले बताए ।

पाल्पामा दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत १६ हजार ४४५ जना ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउने अभियान संचालनमा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया