पाल्पा । तानसेन नगरपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाले कृषि उत्पादन बढाउन आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

तानसेन नगरपालिका ९ को तीन्टीआप युवा उधमशील कृषक समुहका १९ जना सदस्यलाई ५ लाख ७० हजार बराबरको कृषि उत्पादनका लागि चाहिने सामग्री हस्तान्तरण गरिएको हो ।

वडा नम्वर ९का वडाध्यक्ष हरिसुमर रेग्मीले किसानले माग गरेको चार दिनमा किसानका हात हातमा कृषि साम्रागी प्रदान गरिएको बताए ।

यसरी किसानलाई हस्तान्तरण गरिएका सामाग्रीहरुको वडा, नगरपालिका र आयोजक संस्थाबाट अनुगमन हुने रेग्मीले बताए ।

ग्रामीण आर्थिक विकास संघका युवा संयोजकले समुहका १९ जना सदस्यलाई सिचाईका लागि पाइप, डम, पानी संकलनका प्लास्टिक, बीउ विजन लगायतका बस्तुहरु हस्तान्तरण गरिको बताए । मल्चींग प्रविधि प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा समेत वृद्धि हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया