
पाल्पा ।लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादव पाल्पाको धार्मिक तथा पर्यटकीय गन्तव्यको यात्रामा निस्केका छन् ।
रिब्दीकोट गाउँपालिका ४, भैरवमन्दिर चैत १० गतेदेखि १७ गतेसम्म हुने स्थलमा पुगेर प्रदेश प्रमुख यादवले हकअधिकारको खोजी गर्दा नागरिकले आफ्नो कर्तव्यलाई सँगसँगै पालना गर्नुपर्ने बताएका छन् ।
सप्ताहव्यापी विविध, साँस्कृतिक महोसत्वको समुद्घाटन समारोहमा सहभागी बनेका यादव आज प्रेमको प्रतीक रानीमहल समेत पुगेका छन् । प्रदेश प्रमुख यादवले हाम्रो संविधानमा हकअधिकारसँगै कर्तव्यको उल्लेख गरेकोले नागरिकले इमान्दारिकता साथ कर्तव्य पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका नारायण बहादुर जिसीले रिब्दीकोट गाउँपालिकाको विशेष पर्वका रुपमा फागु नाच रहेकाले यसको संरक्षणमा सबैको चासो हुनुपर्ने बताए ।