रिब्दीकोटमा ३ दिने योग प्रशिक्षण कार्यक्रम सूरु

पाल्पा । रिब्दीकोट गाँउपालिकाको पालुङ्ग मैनादी आयुर्बेद औषधालयको आयोजनामा ३ दिने योग प्रशिक्षण कार्यक्रम सूरु भएको छ ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै योग शिक्षाले शारीरिक तथा मानसिक रुपमा मानिसलाई फुर्तिलो बनाउन सहयोग गर्ने बताए ।

गापा उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत, प्रेमचन्द्र अर्याल, लेखा अधिकृत, मञ्जु पन्थी लगायत गा.पा कार्यक्रममा उपीस्थति रहेको थियो ।

योग प्रशिक्षण कार्यक्रममा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद वस्याल तथा योग प्रयोग प्रशिक्षक कमला थापाले प्रशिक्षण दिइएकी थिइन ।

साथै पालुङ मैनादी आयुर्वेद औषधालयका डा. रोमहर्ष नेपालले सहजिकरण गरेका थिए । कार्यक्रममा २० जनाको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया