पाल्पा । रिब्दीकोट गाउँपालिका ४, भैरवमन्दिर चैत १० गतेदेखि १७ गतेसम्म हुने सप्ताहव्यापी विविध, साँस्कृतिक महोसत्व आजबाट सूरु भएको छ ।
लुम्विनी प्रदेशका प्रमुख धर्मनाथ यादवले महोत्सवको उद्घाटन गर्दै पुराना पुस्ताले नयाँ पुस्तालाई संस्कृति सिकाउँन सकेको अवस्था मात्र संस्कृतिको संरक्षण हुने बताउका छन् ।
समुदायका मानिसको भाषा, लिपी, सँस्कृति, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने अधिकार मौलिक हक भएकोले बताए । नागरिकले हकअधिकारको खोजी गर्दा कर्तव्यको पनि पूर्ण रुपमा पालना गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले भैरवस्थानमा सञ्चालन हुन गएको महोत्सव ऐ्तिहासिक पक्षको संरक्षणका लागि भएको बताए ।
गाउँपालिका उपाध्यक्ष तथा महोत्सव मुल समिति संयोजक लक्ष्मी खनाले विगतका वर्षमा झै यस पालि पनि स्वास्थ्य मापदण्डको पालना गरी महोत्सव सञ्चालन हुने बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले यस क्षेत्रमा मनाइने फागु नाच हामी सबैको साँझा नाच भएकोले यसलाई सफल बनाउन सबैको सहयोग रहेको बताए ।