पाल्पा। निस्दी गाउँपालिकाको झिरुवासामा आगलागी हुँदा एक घर जेलेर पूर्ण रुपमा नष्ट भएको छ ।
निस्दी गाउँपालिका वडा नं. ३ झिरुवासको भालुवास्थित पूर्ण कुमार सोतीको घर आगलागीबाट पुर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब ३ लाख बराबरको अन्नपात तथा लत्ताकपडा जलेर क्षति भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले जानकारी दिए ।खाना पकाउने क्रममा आगो सल्केको स्थानीयले बताएका छन् ।
आगो लागेको देखेपछि स्थानीय र प्रहरीले संयुक्त पहलमा आगो नियन्त्रणमा लिन सफल भएको स्थानीयले जनाएका छन् । एक घरबाट सल्किएको आगाले छिमेकीको घरमा समेत केही क्षेति पुर्याएको स्थानीयले बताएका छन् ।