पाल्पा । तानसेनस्थित श्रीनगर र वनदेवी क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । हिजोदखि लागेको आगो बस्ती नजिकै फैलिने त्रास बढेको भएपनि आज विहानदेखि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

स्थानीयसँगै डिभिन वन कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र नगरपालिकाको दमकलसमेतको संयुक्त पहलमा आगो नियन्त्रणमा आएको हो ।

हावासहित फैलिएको अगोलाई उद्दारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीयको पहलमा नियन्त्रणमा आएपनि सो क्षेत्रका स्थानीय भने बुधबार रातिदेखि बस्तीमा आगो फैलिने त्रासका कारण जागराम बसेका थिए ।

आगलागी भएको क्षेत्रमा सल्लाको जंगल रहेको हुँदा आगोलाई नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया