
पाल्पा । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. २ स्थित खुट्लाम सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
बिहिबारदेखि लागेको डढेलो हालसम्म नियन्त्रण बाहिर रहेको स्थानीय शुस्मा खनालले बताइन ।
खुट्लामको जंगलबाट सुरुभएको आगो अहिले बिशाल रुपमा फैलिएर लघुवाबाट ख्याहातर्फ सल्किएको रिब्दीकेट गाउँपालिकाका प्रवक्ता विष्णु प्रसाद खानालले जानकारी दिए । उनका अनुसार जंगलको ठूलो भागमा आगो दुन्किएको हुँदा निभाउने प्रयास समेत भएको छैन ।
विगतका वर्षहरुमा जस्तो यसवर्ष पानी नपरेका कारण आगलागी भएको उनले बताए । जंगलभरी नै ठूलो मुस्लासहित फैलिने क्रममा रहेको उक्त आगो पूर्ण रुपमा निभ्नका लागि अझ केही दिन लाग्ने पनि प्रवक्ता खानालले बताए ।
जंगल नजिकमा बस्ती नभए पनि टाढाका स्थानीयले निरन्तर दुन्किएको आगोका कारण आफूहरु त्रसित भएको बताएका छन् ।
भिडियाे