
काठमाडौं । काठमाडौंमा संचालित त्रिदेशीय कप फुटबलमा नेपाल विजयी भएको छ ।
नेपालले बंगलादेशविरुद्ध २–१ गोलले जितेको छ । खेलकाे १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरेका थिए।
मध्यान्तर पछिको ८२ औं मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडीले गोल गरे । नेपालले लिग चरणको दुवै खेलमा गोल गर्न सकेको थिएन ।
समूह चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहीत बराबरी खेलेको थियो । सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा चईनिज ताइपेइ लाई हराएको नेपालले त्यससता गोल गर्न सकेको थिएन ।
च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुस्कार पाएको छ भने बंगलादेशले ३ हजार डलरमा चित्त बुझाएकाे छ ।