पाल्पा । तानसेन नगरपालिका र नगरपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा ६४ औं राष्ट्रिय सहकारी दिबसका अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले सहकारी संस्था उत्पादनमुखी क्षेत्र लाग्नुपर्ने बताएका छन् ।
सहकारीहरु बचत तथा ऋणको मात्र काम गरी उत्पादनका क्षेत्रमा काम हुन नसकेको उनले बताए । एउटै उद्देश्य बोकेका सहकारी संस्थाहरु एकीकरण गर्दा सहकारी संस्थाहरु अझै बलियो हुने नगरप्रमुख शाहीको दाबी छ ।
कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख लक्ष्मी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय लगायतले सहकारीका माध्यमबाट गरीबी हल गर्न सकिने हुँदा आयआर्जनका क्षेत्रमा लगानी गर्न सुझाब दिए ।
कार्यक्रममा जिल्ला सहकारीप् संघका दुर्गादत्त रेग्मी, भेषराज सुबेदी, हरि रायमाझीले नीतिगत समस्याका कारण सहकारीमा थप जटिलता सिर्जना भएको बताए । सहकारीमा देखिएको नीतिगत समस्यालाई हल गर्ने गरी काम गरेमात्र सहकारी संस्थाहरु ब्यबस्थित हुने बताए ।
तानसेन नगरपालिकाका सहकारी शाखाका प्रमुख दुर्गा थापाले कार्यक्रममाथि प्रकाश, सञ्जालका महेश्बर पन्थको अध्यक्षता र मीना जिसीको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी तानसेन नगरपालिकाको प्रकाशन हाम्रो तानसेन बुलेटिनका लेखकहरुलाई सम्मान गरिएको छ । नगरप्रमुख शाहीले लेखकलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।