पाल्पाली गायक कुशल भ्वाइस अफ नेपालमा

पाल्पा । पाल्पाली गायक कुशल श्रेष्ठ भ्वाइस अफ नेपालमा छनोट भएका छन् ।

भ्वाइस अफ नेपालको सिजन ३ अन्तरगत शुक्रबार भएको अडिसन राउन्डमा श्रेष्ठ छनोट भएका हुन् । पाल्पा प्रभासमा जनिमएका श्रेष्ठले लामो समयदेखि जिल्लासंगै देशका विभिन्न स्थानमा बसेर आफ्नो कला प्रस्तुत गर्दै आएका छन् ।

हाल काठमान्डौको बसुन्धरामा बस्दै आएका श्रेष्ठ अडिसनमा छनौट हुँदा खुसि व्यक्त गरेका छन् ।

उनले आफ्नै लगानीमा केही एल्बस समेत बजारमाल्याएका छन् । श्रेष्ठले बजारमा ल्याएको एल्बसमध्ये तस्वीर चर्चित भएको थियो ।

श्रेष्ठ नेपाल आइडलको सिजन ३ काे अडिसनमा समेत छनोट भएका थिए । आज भएको अडिसनमा छनौट भएसंगै श्रेष्ठले आफ्नो मामालाई सम्झिदै कोच राजु लामाको समूहमार्फत अगाडी बढ्ने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया