पाल्पा । दलित महिला संघ पाल्पा लगायतका संस्थाहरुको आयोजनामा सञ्चालित तीन महिने हस्तकला तालिम सम्पन्न भएको छ ।
कर्मठ बालिका दलित तथा सिमान्तकृत समुदायका बालिकाहरुको शैक्षिक उपलब्धि प्रबद्र्धन परियोजना अन्तरगत तालिम सञ्चालन गरिएको हो ।
हस्कला तालिममा पाल्पाली ढाका कपडा सिलाई बुनाईको ज्ञान, सिप र क्षमता अभिबृद्धि गरिएको थियो ।
तालिम समापन समारोहमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले पाल्पाली ढाका पाल्पालीको पहिचान भएकोले ढाका कपडाबाट राम्रो सम्भावना रहेकोे बताए । ढाका कपडालाई प्रवद्र्धन गर्न प्रदेश सरकार र युकेएडको सीप परियोजनाबाट ठूलो मात्रामा रोजगारी सिर्जना हुने बताए ।
कार्यक्रम तानसेन नगरपालिका ६ का वडाध्यक्ष सागर महर्जनले पाल्पाली ढाका संघले आयोजित ढाका कपडाको तयारी पोशाकमा विविधता ल्याउन सञ्चालन गरिने कार्यक्रममा यहाँबाट उत्पादित दक्ष प्रशिक्षार्थीलाई सहभागी गराउने बताए ।
कार्यक्रममा कर्मठ बालिका परियोजनाकी जीबीकोपार्जन संयोजक साबित्री विश्वकर्माले आमाहरु सिकेको सिपले छोरीको शैक्षिक प्रगति हुने बताइन ।आमाहरु आत्मनिर्भर हुँदा छोरीहरुको शिक्षा, स्बास्थ्य क्षेत्रमा पहुँच बिस्तार हुने भएकोले बिद्यालयमा अध्ययनरत छात्राहरुको आमाहरुलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको उनले बताइन ।
कार्यक्रममा दलित महिला संघ पाल्पाका सल्लाहकार कृष्ण दर्नालले आफुले जानेको सिपलाई सही रुपमा सदुपयोग गरी आत्मनिर्भर बन्न सकिने धारणा ब्यक्त गरे । सल्लाहकार तथा शिक्षक तीर्थ प्रसाद गौतमले महिलाहरु आत्मनिर्भर हुँदा छोरीहरुको हरेक क्षेत्रमा पहुँच बिस्तार हुने बताए ।
संघकी अध्यक्ष शान्ति गहतराजले दलित महिला संघले दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा पहुँच बिस्तारका लागि शैक्षिक सामाग्री हस्तान्तरण देखि उनीहरुका अभिभाकलाई आत्मनिर्भर बनाउन बिभिन्न आर्यमुलक तालिमहरु सञ्चालन गरिएको बताइन ।
कार्यक्रममा पत्रकार मिलन बिश्बकर्मा, सिर्जनसिशत महिला समुहकी अध्यक्ष रुपा सारु मगर र प्रशिक्षक अर्जून रणपाल लगायतले तालिमका अवधिमा सिकेका कुरा कार्यान्बयन हुनुपर्ने बताए ।
तालिममा सहभागी पाल्पाली टोपी, महिलाका लागि झोला, बालबालिकालाई दौरासुराल, मनिपर्स, लगायतका साम्रागी उत्पादन गर्न सिकेको दलित महिला संघ पाल्पाकी सचिव तुल्सी रणपालले बताइन । तालिमका सहभागीलाई परियोजना मार्फत नै सिलाई मेसिन प्रदान गरिएको छ ।