१४ जिल्लामा विद्यालयसहित सार्वजनिक क्षेत्र बन्द!

काठमान्डाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित कोरोना अति प्रभावित वर्गीकरण गरेका १४ जिल्लामा विद्यालयसहित सार्वजनिक क्षेत्र बन्द गर्न अपिल गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा बागलुङमा भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिएको छ ।

साथै ती जिल्लामा सार्वजनिक क्षेत्र, होटल रेस्टुरेन्ट पनि ७ बजेपछि बन्द गर्न अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया