
पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ ।
नयाँ समितिको अध्यक्ष रेखीराम रानासहितको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजेशकुमार अर्यालले सामाजिक तथा आर्थिक अनुशासन कायम राख्न नयाँ कार्य समितिलाई शुभकामना दिए ।
निर्वाचनको कार्यक्रमबाट नयाँ कार्यसमिति आउँदा केही साथीहरु छुटे पनि नयाँ कार्यसमितिले सबैलाई समान व्यवहार गर्दै संस्थागत हितमा काम गर्न अर्यालले अनुरोध गरे ।
शाखाका सल्लाहकार गोविन्द भट्टराईले पत्रकारले कुनै पनि विषयवस्तुलाई सहि र गतल छुट्याउन सक्ने भएका कारण अग्रहहरुको सम्मान गर्दै अगाडी बढ्नुपर्ने सुझाव दिए ।
यस्तै सल्लाहकार झपेन्द्र गहिरेले लोकतान्त्रिक व्यवस्था अनुसार बनेको कार्यसमितिले अहिलेको गरिमालाई कायम राख्दै संस्थागत हितमा काम गर्न शुभकामना व्यक्त गरे ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष रेखिराम रानाले सुशासनका लागि सूचनाको हक कार्यान्वयन गर्न तथा अग्रजहरुले देखाएको बाटोमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको थियो ।