पाल्पामा पुनः संक्रमण बढ्दै,यस्तो छ विवरण

तानसेन । पाल्पामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा तानसेन नगर तथा अस्पतालका १२ सहित २७ जनाा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार, संक्रमित हुनेहरुमा माथागढी, रैनादेवी छहरा, रिब्दीकोट, रम्भामा र निस्दी गाउँपालिकामा ३/३ जना तथा पूर्वखोला, बगनासकाली, तिनाउ गाउँपालिकामा १/१ जना रहेका छन् ।

पछिल्लो पटक गरिएको १०९ जनाको परीक्षणमा २७ जना संक्रमित थपिएसंगै हाल जिल्लामा २ हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल जिल्लमा ३७ जना शकृय संक्रमित रहेका छन भने संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस्तो छ विवरण:

तपाईको प्रतिक्रिया