
पाल्पा । साहित्यकार तथा गायक अमर भाटको नयाँ आधुनिक गीत हे मायाको भिडियो सार्वजनिक भएको छ ।
भाट स्वयमको शब्द, संगीत तथा स्वरमा रहेको उक्त गीतको भिडियोको निर्देशन समेत गायक आफैले गरेका छन । भाटलाई महिला आवाजमा गायिका निपा क्षेत्रीले साथ दिएकी छन ।
गीतको भिडियोमा दन्दले दिएको पिडा र धनी गरिब बिचको विभेदलाई देखाउने प्रयास गरिएको छ ।
कलाकार रामकृष्ण थापा र नव कलाकार ममता दर्नालको अभिनय रहेको भिडियोमा आर्थिक तथा सामाजिक कारणले एक हुन नसकेका प्रेमी जोडीको माया प्रेमलाई गहिरोसंग देखाउने प्रयास गरिएको छ ।
भिडियोको छायांकन,सम्पादन सन्तोष बस्यालको रहेको छ भने श्रृंगारको काम सबिता आलेले गरेकी छन ।सार्वजनिक भएको गितमा गित बुटवलमा रहेको मेगाहर्ज स्टडियोमा रेकर्ड गरिएको हो भने भिडियो पाल्पाली प्राबिधिक तथा कलाकारहरुको सहकार्यमा निर्माण भएको हो ।
भिडियो गायक अमर भाटको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
लामो समयदेखि गीत, संगीत र साहित्यमा कृयाशिल गायक भाटले यसअघी पनि बिभिन्न आधुनिक, पप तथा दोहोरी गीत बजारमा ल्याएका थिए ।