निस्दी जीप दुर्घटना ७ जना घाईते, दुईको अवस्था गम्भिर

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादारबाट रामपुरतर्फ जादै गरेको ग १ ज ५७११ नं. को जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडा, वडा नं ३ की ४९ वर्षीय केसरी सोमै, ५८ वर्षीय तिलिसरा ढेङ्गा, ८० वर्षीय दल बहादुर दिशुवा, ५८ वर्षीय आति ढेङ्गा र ६० वर्षीय रानिसरा सोमै घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाईतमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचनाम अधिकारी रामेश्वर त्वातीले बताए । घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ ।

९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । जीप सडकदेखि करि ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया