कुम्भ मेलामा सहभागी भएका रामपुरका १० जनामा कोरोना पुष्टि

तानसेन । पाल्पाको रामपुर नगरपालिकाबाट भारतको कुम्भ मेलामा सहभागी भएका मध्ये १० जनामा कोरोना पुष्टि भएको छ।

भारतस्थित हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएकमध्ये १४ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख तिर्थप्रसाद ढुंगानाले जानकारी दिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा सबै संक्रमित होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य शाखा प्रमुख ढुंगानाले बताए ।

यसैबिच रामपुर नगरपालिकाले समुदायमा संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै कुम्भ मेलाबाट फर्किएका सबै नागरिकलाई अनिवार्य क्वारिन्टिनमा बस्न निर्देशन दिएको छ ।

पछिल्लो समय रामपुर नगरमा संक्रमण बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन, लक्षण देखिएका बिरामीलाई घर बाहिर ननिस्कन तथा अनुरोध गरिएको र सोकोे पालना गरे नगरेको अनुगमनका लागि सरोकारावाल निकाएलाई निगरानीको जिम्मा समेत दिईएको रामपुर नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया