पाल्पा । तिनाउ गाउँपालिका–५, चिदिसका दिवस सुनारको बुबा सात वर्षअघि निधन भयो । बुबा बितेपछि आमाले बिवाह गरी पोखरा गइन् । अहिले नाताले ठूली आमासित गाउँमा बसोबास गर्दै आएकोमा अहिले लालनपालन र शिक्षा आर्जनमा समस्या देखिएको छ ।
ठूली आमाको घरमा पनि आम्दानीको गतिलो स्रोत छैन । ठूला बाबा भारतमा मजदुरी गर्दै आएको छन् । ठूली आमाको घरमा पनि पैसाको समस्या उस्तै छ । परिवारका लालन पालन समस्यामा रोम्लिएको परिवारमा दिवसको आश्रय छ ।
स्थानीय लक्ष्मी आधारभूत विद्यालयमा दिवसले कक्षा पाँचमा अध्ययन गर्दै आएका छन् ।अहिले सुनारलाई अध्ययनका लागि चाहिने सामान जुटाउन नसकेपछि कहिलेकाही विद्यालय उपस्थिति हुन सक्दैनन् ।
घरासी काम र आर्थिक बोझका कारण पढाई राम्रो हुन नसकेको हो ।“गृहकार्य नगर्दा शिक्षकले गाली गर्नुहुन्छ, कहिले काही गृह कार्य गर्ने समस्या हुन्छ । ठूली आमालाई सहयोग पनि गर्नुपरयो,” सुनारको भनाई छ ।
बाबुको क्षयरोग र कमलपित्त रोगका कारण मृत्यु भयो । दाई पनि कमलपित्त रोगको कारण ज्यान गयो । अहिले दाई जीवित भई दिएको भए अरूको सहारामा बस्नु पदैन्थ्यो सुनारले दुखेसो पोखे ।
बुवाले अर्को विवाह गर्दा झनै समस्याः
सुरक्षा सुनारको पनि समस्या उस्तै हो । सात आठ वर्ष अघि बाबुले अर्को विवाह गरी हिँडेपछि पठनपाठनमा समस्या देखिएको छ । घरमा एउटी आमाले साँझ बिहान खानका लागि संघर्ष गर्नु पर्छ । अरु समय घरासी काममा नै समय व्यतित हुन्छ । मैले पनि आमालाई सहयोग गर्नुपर्छ, सुनार थपिन्, बाँकी समय पढ्ने काम हुन्छ । आर्थिक र पारिवारिक समस्याका कारण मेरो पढाई बीचमा नै रोकिने होकी भन्ने चिताले सताएको सुनारको दाबी छ ।
चिदीसका दलितअगुवा छवि गौतमले अभिभावक विहिन बालबालिकालाई सरकारले गाँस बाँस र कपासको व्यवस्था गर्नुपर्ने बताउनभयो । उहाँले हालसम्म सरकारी स्तरबाट सहयोग पाउन नसक्दा गुण स्तरीय जीवन बिताउन र नियमित अध्ययनमा समस्या हुँदै आएको बताए ।
दलित महिला संघकी दुई बालबालिकालाई स्टेसनरी सामान सहयोग गर्दै आएको थियो । स्टेसनरी सामान पाएपछि बालबालिका उत्साहित बनेका थिए । शैक्षिक सहयोग पाएपनि यी बालबालिकालाई जीवीकोपाजर्नमा नै समस्या रहेको गौतमको दावी छ । दलित महिला दलित संघकी अध्यक्ष शान्ता गहतराजले बालबालिकाहरुलाई अध्ययनका लागि शैक्षिक सामाग्री सहयोग गर्ने बताइन ।
-कृष्ण दर्नाल