
पाल्पा । पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४६ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
थपिएकासंगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ५२ पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
सङ्क्रमित मध्ये १४४ जना होम आइसोलेशन तथा ८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।
पाल्पामा हालसम्म ३९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।