थप २८ जना सक्रमितकाे मृत्यु !

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा  थप २८ जना कोरोना सक्रमितकाे मृत्यु भएको छ । देशका विभिन्न अस्पताल तथा हाेम अाइसाेलेशनमा बसेकाहरूकाे मृत्यु भएकाे हाे ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ३२ पीसीआर पोजेटिभ र ९० जना एन्टिजेन पोजेटिभ भेटिएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना गरी उपत्यकामा १ हजार ४९८ जना संक्रमित थपिएका छन् ।

यसैगरी ४५० जना भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

तपाईको प्रतिक्रिया