काडमान्डौं । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
आज बसेको सीसिएमसीको बैठकले पहाडमा २०० र शहरमा ५०० जना संक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।
सीसीएमसीको बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।
बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेको भएपनि लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।
तर संक्रमितको संख्या बढ्दै जादा स्वास्थ्य मापदण्डको पालना नगर्ने प्रचलन समेत रहेको हुदाँ सरकारले निषेधाज्ञाको मापदण्ड सार्वजविक गरेको हो ।